नासो क्म्युनिटी द्घारा अन्तरक्रिया कार्यक्रम

naso_interaction_pic3वाल्टिमोर मेरील्यण्ड,यहि २० तारीखका दिन नासो क्म्युनिटीको आयोजनमा नेपाल देखि अमेरिका भ्रमणमा आउनु भएका नेपाली राजनैतिक आन्दोलनका अग्रण्ी व्यक्ति तथा सहित्यकार श्री रणेन्द्र वरालीको प्रमुख अतिथ्यमा अन्य अतिथिहरुमा समाजिक आन्दोलनका एक जुुजारु प्राध्यापक तथा मानवअधिकारकर्मी श्री यम बहादुर वि.क सक्रिय समाजसेवि सुरज पाठकको उपस्तििथीमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण मानुभावहरु स्वागत गर्दै सचिव श्री हिम्मत वि.कले रणेन्द्र वराली ज्यू र यम बहादुर वि.क को व्यतित्व बारेमा प्रकाश पार्नु भयो भने नासोको संक्षित्व गतिविधि बारे कोषध्यक्ष दुर्ग वि.क ले सबैलाई जानकारी गराउनुु भयो ।उक्त कार्यक्रममा सम्पुर्ण उपस्थित मानुभावहरुले आफनो परिचय दिदै आफनो धारण राख्नु भएको थियो भने, नासोका संस्थापक सदस्य श्री चन्द्र बहादुर वि.क ले जातिय विभेद र छुवाछुतको मारमा परेकाहरुलाई राजनैतिक पार्टीको भातृसंगठनमा मात्र सिमित नराखी मुलधारमा जानु पर्ने बताउँदै अमेरिका को समाजिक गतिविधि बारेमा जानकारी गराउनु भयो उक्त कार्यक्रमा अतिथि यम बहादुर वि.क ले नेपालको समाजिक गतिविधि, मानवअधिकार क्षेत्रमा भए गरेका कामहरु र नेपालमा संविधान बन्ने सम्भावता संगै जनअन्दोलन २०६२/६३ ले स्थापन गरेका उत्पीडित वर्गको हक अधिकार विस्थापित हुने संभावन पनि त्यतिकै बढिरहेको अवस्था माथि प्रकाश पार्नु भएको थियो ।

naso_interaction_pic1 कार्यक्रम का प्रमुख अथिति रणेन्द्र वरालीले नेपालको राजनैतिक गतिविधि,राजनैतिक पार्टीहरुले उत्पीडित समुदायहरु लाई गरेका ब्यवहार, नेपाल सरकारका गतिविधि र नयाँ बन्ने संविधानमा उत्पीडित समुदायको हक,अधिकार र प्रतिनिधित्व गुम्ने खतरा बढेको बताउनु भयो ।१६ बुंढे समझदारीको बारेमा सबैलाई जानकारी गराउँदै जातिय विभेद र छुवाछुत अन्तको लागि(यो बिषयलाई) अन्तररष्ट्रियकरण गराउनु पर्नेमा जोड दिनु भयो ।नेपालले सामना गर्नु परेका प्राकृतिक प्रकोप भुकम्प पिडितमा पनि जातिय छुवाछुत र विभेदको मारमा परेको उपेक्षित समुदाय प्रकृतिक प्रकोपको मारमा बढि परेको सरकार र अन्य संघ संस्थाले समेत उपेक्ष गरेकोले पिडितहरुको लगि राहत वितरणमा सहयोग गर्नका लगि सबैलाइ) अपिल गर्नु भयो ।अन्तमा कार्यक्रम संचालक नासो कम्युनिटीका माहसचिव श्री बिुष्णु प्रसाद विश्वकर्मले सम्पुर्ण उपस्थित मानुभावहरुलाई धन्यवाद ग्यापन गर्नु भएको थियो ।

naso_interaction_pic4

naso_interaction_pic2

Be Sociable, Share!

Shortlink:

Leave a Reply