जातीय छुवाछुत अन्त्यका लागि धार्मिक घोषणापत्र जारी

दलित गैर सरकारी संस्था महासंघ, राष्ट्रिय दलित आयोग, विश्व हिन्दू महासंघको संयुक्त पहलमा जातीय छुवाछुत तथा विभेद न्युनिकरणका लागि धार्मिक समुदायका भुमिका विषयक गोष्ठीको आयोजना गरी २० बुँदे धुलिखेल घोषणापत्र जारी गरेको छ । दलित गैर सरकारी संस्था महासंघको संयोजनमा मिति २०७२ भदौ २२ गते धुलिखेलमा सम्पन्न गोष्ठीमा हिन्दु धर्मका विज्ञ एवम् दलित समुदायको सहभागितामा उक्त घोषणापत्र जारी गरिएको हो ।

गोष्ठीमा विश्व हिन्दू महासंघका पूर्व अध्यक्ष दामोदर गौतमद्वारा प्रस्तुत जातीय छुवाछुत अन्त्यका लागि धार्मिक समुदायको भुमिका विषयक कार्यपत्रमाथि जनार्दन घिमिरेले टिप्पणी गर्नुभएको थियो । दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारको सभापतित्वमा सम्पन्न गोष्ठीमा राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपाली, विश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, रादआका सदस्य रुपबहादुर परियार, काठमाडौं विश्वविद्यालय सञ्चालक मुकुन्द राज शर्मा, नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष धर्मेन्द्र झा, पशुपति क्षेत्र विकास कोष पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य, दलित अधिकारकर्मी मोतीलाल नेपाली, विन्ध्यावासिनी संघका सभापति केशव चौलागाईलगायतले मन्तव्य राख्नुभएको थियो । दुई सत्र गरी सञ्चालन भएको उक्त गोष्ठीमा सहभागीहरुबाट सुझाव संकलन गरी छुवाछुत न्युनिकरण गर्न आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने योजनायोजनासहित घोषणापत्र जारी गरिएको हो ।

 

Be Sociable, Share!

Shortlink:

Leave a Reply