नयां संविधानलाई स्वागत

दशकौंको प्रतीक्षा पश्चात् नेपाली जनप्रतिनिधिमूलक संस्था संविधान सभाद्वारा नेपालको संविधान, २०७२ आज २०७२ साल आश्विन ३ गते आईतवारका दिन  नेपाली जनताको लागि प्राप्त भएको यस पावन अवसरमा सम्पूर्ण नेपाली  दाजुभाई तथा दिदीवहिनीहरुलाई  NASO Community USA को तर्फवाट  बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु । यस संविधानले शदियौं देखि अवसरहरुबाट बञ्चित समूदाय वर्गलाई उनिहरुको अधिकारको सुनिष्चितता प्रदान गर्ने प्रयास गरेको छ । तथापि केही कमीकमजोरी यद्मपि वांकिनै रहेका छन ।केही बिरोधका स्वरहरुको साथमा यस्को वहिष्कार गर्ने समुदायको पनि कमि छैन । विद्वमान कमिकमजोरीलाई समय सापेक्ष सुधार गरि असन्तुष्टहरुलाई मुलधारमा ल्याउन पहलहोस । वर्षौदेखि राज्य द्वारा शोषित पिडीत र दलित वनाइएका समुदायको मुक्तिको लागि आवश्यकता अनुसार संविधानको संशोधन  तथा ऐन कानूनको निर्माण गर्न विषेश पहल गरियोस भनि सवैको ध्यानाकर्षण गराउन चाहन्छौ ।

नयाँ संविधानको साथमा नेपाली राजनैतिक दल, त्यसका नेता तथा कार्यकर्तामा नयाँ सोंचको विकास हुन सकोस र देशले विकासको बाटो पहिल्याउन सकोस यही शुभकामना व्यक्त गर्न चाहन्छु ।याँ संविधान २०७२ लाई हार्दिक स्वागत गर्दै नयाँ संविधान निमार्णको गहन जिम्वेवारी पुरा गर्न हुने सम्पूर्ण राजनीतिक दलहरु सम्माननीय सभाअध्यक्ष, मा. सभासद तथा लगायत यस प्रक्रिया सघाउ पु¥याउनु हुने सम्पूर्ण दाजुभाई दिदीबहिनीमा हार्दिक बधाई र आवार व्यक्त गर्न चाहन्छु ।
नयाँ संविधानले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकमा विद्यमान् सबै प्रकारको विभेदको अन्त्य गरी संविधानको व्यवहारिक कार्यान्वयन गर्ने हामी सबैमा सद्विवेक र उर्जा प्राप्त होस् । स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न ,अखण्ड संम्बवृद्ध, सुन्दर शान्त नेपाल राष्ट्र निमार्ण गरी नेपाल देश र नेपाली हुनमा सदा गर्व गर्न सकौं ।

गोपाल विश्वकर्मा

President

NASO Community USA

Be Sociable, Share!

Shortlink:

Leave a Reply